एजेन्सी । चिीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाकाको अति प्रभावित क्षेत्रमा उद्धारकर्ताहरूका लागि ड्रोनमार्फत आवश्यक राहत सामग्री पुर्याइएको छ । भौगोलिक विकटता र अवरुद्ध सडक सञ्जालका कारण ड्रोनको प्रयोग गरी सामग्री ढुवानी गरिएको हो । सिजाङको आपतकालीन व्यवस्थापन विभागकाअनुसार शुक्रवार अपराह्न करिब ४ः३० बजे पहिलो व्यावसायिक उद्धार टोली विपद् प्रभावित मुख्य क्षेत्रमा पुगेको थियो