काठमाडौं । विश्वको लोकप्रिय इन्टरनेट सर्च इन्जिन गुगलले नेपालमा आएको बाढीसम्बन्धी आपतकालीन सूचना तथा अपडेट सेवा सुरू गरेको छ । गुगलले आफ्नो होमपेजमै नेपालको बाढीसम्बन्धी आपतकालीन जानकारी र अपडेटका लागि विशेष लिंक राखेको हो । उक्त लिंकमार्फत बाढी प्रभावित क्षेत्रको नक्सा, क्षतिको विवरण तथा खोज, उद्धार र राहतसम्बन्धी जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ ।