काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ठाउँमा बग्ने साना नदीमा आकस्मिक बाढी आउन सक्ने जनाएको छ । शनिबार बिहान जारी गरिएको बुलेटिनअनुसार पहाडी र हिमाली क्षेत्रमा पर्ने साना नदीमा पानीको बहाव बढ्ने सम्भावना छ । महाशाखाले पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको अछामसम्मका विभिन्न जिल्लामा बाढीको चेतावनी दिएको छ । काठमाडौं,