धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

  • शनिबार १३ भौ २०८३ ०४:५९ AM
रसुवा तथा माथिल्लो तटीय क्षेत्रको बाढीले बगाएर ल्याएको सेफ फोडी गैरकानुनी रूपमा रकम निकाल्ने कार्यमा संलग्न २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोज तथा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट कुल ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद गरिएको छ।