काठमाडौं : काठमाडौंदेखि चितवनको मुग्लिङसम्मको सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ । उक्त सडकखण्ड हाल पूर्ण रूपमा सुचारु रहेको नेपाल प्रहरीले जनाएको छ । तर, धादिङको बैरेनी बजारको एक किलोमिटर सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले स्पष्ट पारेको छ । यही भदौ १० गते चीनको तिब्बततर्फबाट नेपाल प्रवेश गरेको बाढीका कारण उक्त सडकखण्ड (धादिङ र चितवन) अवरुद्ध भएको थियो । The post काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा appeared first on Kalika Khabar.