‘भोटेकोशी एउटा विपत्ति होइन, नेपालको हिमाली भविष्यको चेतावनी हो’

  • शनिबार १३ भौ २०८३ ०३:३२ AM
काठमाडौं । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोला जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई केवल एउटा सामान्य प्राकृतिक विपत्ति, मनसुनी भेल वा आकस्मिक हिमताल विस्फोटका रूपमा मात्र बुझियो भने नेपालले त्यस घटनाबाट सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाठ छुट्नेछ । बाढी आयो, सडक र मोटरेबल पुल बगायो, निर्माणाधीन जलविद्युत् आयोजना ध्वस्त बनायो, तटीय मानव बस्तीहरू उजाड्यो र केही दिनको