भारतबाट बाढी प्रभावित नेपालका लागि राहत सामग्री तथा उद्धार टोलीसहितको तेस्रो उडान काठमाडौं आइपुगेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत तेस्रो उडान काठमाडौं पुगेको जानकारी दिएका हुन्। उनका अनुसार उक्त उडानमार्फत राहत सामग्रीसँगै ११ सदस्यीय मेडिकल तथा टनेल उद्धार टोली नेपाल पुगेको छ। यसअघि भारतले नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग