भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र भैलद्योको आकर्षण मात्र देख्नुहुन्छ होला तर गाईजात्राको दिन बिहानै बाजागाजासहित भक्तपुरका नौ वटा पूर्व फर्केका ढुङ्गेधारा खोज्दै हिँड्ने ‘गुपु हिटी सिकेगु’ अर्थात् नौ ढुङ्गेधारा चिन्न जाने परम्परा पनि छ । यही परम्परालाई निरन्तरता दिँदै भक्तपुर नगरपालिका–८ लिवालीस्थित निओ फ्युजन बाजा समूहले आज बिहानैदेखि ‘गुपु