भोटेकोसी बाढीमा कर्णालीका २०८ जना अझै सम्पर्कविहीन

  • शनिबार १३ भौ २०८३ ०६:५२ AM
सुर्खेत । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि कर्णाली प्रदेशका २०८ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका कर्णालीका २६५ जनाको विवरण प्राप्त भएको थियो । तीमध्ये ५७ जना परिवारको सम्पर्कमा आएका छन् भने बाँकी २०८ जनाको अवस्था अझै अज्ञात छ । सम्पर्कविहीन हुनेमा अधिकांश रोजगारीका लागि रसुवा र नुवाकोट पुगेका तथा त्यहाँका विभिन्न जलविद्युत आयोजनामा कार्यरत मजदुर रहेको प्रहरीले जनाएको छ । बाढीका कारण उनीहरूसँग परिवार तथा आफन्तको सम्पर्क टुटेको हो । जुम्लाका ९० जना सम्पर्कविहीन प्रदेश प्रहरी कार्यालयको पछिल्लो अध्यावधिक विवरणअनुसार सबैभन्दा धेरै जुम्लाका नागरिक सम्पर्कविहीन भएका छन् । जुम्लाका ९० जना पुरुष अझै परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । यस्तै, सल्यानका ५५ जना सम्पर्कविहीन छन् । सल्यानबाट ४१ पुरुष, ११ महिला, दुई बालक र एक बालिका सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । सुर्खेतका १७ जना सम्पर्कविहीन छन् । तीमध्ये १६ पुरुष र एक महिला छन् । दैलेखका चार पुरुष र एक महिला गरी पाँच जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । जाजरकोटका दुई पुरुष र एक महिला गरी तीन जना पनि अझै परिवारको सम्पर्कमा आएका छैनन् । कुन जिल्लाबाट कति जना सम्पर्कविहीन