काठमाडौं । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो । बाढी आए लगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन् । फलस्वरूप मानिसहरू समयमै सही सूचनाबाट बञ्चित भए । मानिसहरूले जे जति सूचना पाए त्यसले आम मानिसमा चिन्ता फैलायो