काठमाण्डु– रसुवाको टिमुरेमा बाढी–पहिरोले पुरिएको अवस्थामा रहेकी करिब ६ वर्षीया बालिकालाई सशस्त्र प्रहरीको उद्धार टोलीले जीवितै फेला पारेको छ। गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार साँझ खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि त्यसतर्फ खोजी केन्द्रित गरेको थियो। केहीबेरको प्रयासपछि बालिकालाई माटोभित्र पुरिएको अवस्थामा फेला पारिएको हो। सीमा सुरक्षा चौकी टिमुरेबाट खटिएको