विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल

  • शुक्रबार​ १२ भौ २०८३ ०२:३२ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय सङ्कटपछि सिर्जित अवस्थालाई संयमतापूर्वक व्यवस्थापन गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताएकी छन् । अकल्पनीय विपद्ले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले यस्तो पीडाको सामना गर्दै उद्धार र पुनःस्थापनामा खटिन सबैलाई एकजुट हुन आह्वान गरेकी छन् । उद्धारको पर्खाइमा रहेका व्यक्ति