काठमाडौं । अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ताप्लेजुङ-११ लाई २-१ गोलअन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लबले विजयी सुरुआत गरेको छ । सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको खेलमा जर्जियन युनाइटेडका कप्तान गुञ्जमान थापाले लगातार दुई गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । उनले खेलको पहिलो र