काठमाण्डु– भारतले नेपालका लागि तेस्रो खेपमा थप १० टन मानवीय सहायता सामाग्री पठाएको छ । १० टन मानवीय सहायता सामाग्री सहितको तेस्रो उडान काठमाण्डुतर्फ प्रस्थान गरेको भारतका विदेशमन्त्री एस जयशंकरले बताएका हुन्। सामाजिक सञ्जाल एक्समार्फत जयशंकरले उक्त उडानमा पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्यान्नका प्याकेट तथा पानी शुद्धीकरण गर्ने ट्याब्लेटलगायतका राहत सामग्री पठाएकाे जानकारी दिएका छन्