रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा

  • शुक्रबार​ १२ भौ २०८३ ०६:०४ PM
काठमाडौँ । नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनल पुग्न सफल भएका छन् ।  आज भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डका कासिब मोर्डोचलाई हराउँदै उनी फाइनल पुग्न सफल भएका हुन् ।  उनी अन्तिम चरणमा सानदार कमब्याक गर्दै फाइनल पुग्न सफल भएका हुन् । तीन राउण्डको खेलमा रेफ्रीको डिसिजनको आधारमा रवीन्द्र विजयी भए ।   उनले अब फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने छन् ।