काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले रु एक करोड एक लाख सहयोग गर्ने भएको छ । महानगरको आज बसेको बैठकले बाढी प्रभावितका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महानगरका उपसचिव शेषकान्त पौडेलले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारको निर्णयअनुसार महानगरपालिकामा कार्यरत सरकारी कर्मचारीको तलब कटौतीबाट रु ५३