व्यक्तिगत तर्फ सरकारलाई हालसम्मकै ठूलो सहयोग, राजी राणाले दिइन् १ करोड ९ लाख

  • शुक्रबार​ १२ भौ २०८३ १२:२२ PM
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो । ८७ वर्षीया राणा व्यावसायिक पृष्ठभूमिकी व्यक्ति हुन् । राणाले आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका