रसुवा बाढी : उद्धार भएका २१ नागरिकलाई स्वागत गर्दै भारतीय विदेशमन्त्रीले दिए नेपाललाई धन्यवाद

  • शुक्रबार​ १२ भौ २०८३ १२:५२ PM
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा फसेका आफ्ना २१ नागरिकको उद्धार गरेको भन्दै भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन्। नेपालमा बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ तीर्थयात्री शुक्रबार भारत फर्किएपछि जयशंकरले उनीहरूलाई स्वागत गरेका हुन्। उनीहरू कैलाश मानसरोवर यात्राका क्रममा नेपालमा बाढीमा फसेका थिए। जयशंकरले उद्धार भएर फर्किएका नागरिकसँग प्रत्यक्ष