मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत

  • शुक्रबार​ १२ भौ २०८३ ०१:१० PM
भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ । यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय (एमईए)का प्रवक्ता रणधीर जयसवालले शुक्रबार बताएका छन्। विनाशकारी आकस्मिक बाढीपछि नयाँदिल्लीले राहत तथा उद्धार सहयोग थप तीव्र बनाइरहेको छ। एएनआईको प्रश्नको जवाफ दिँदै जायसवालले