रसुवा जाने वैकल्पिक सडक खुल्याे

  • शुक्रबार​ १२ भौ २०८३ ११:३१ AM
काठमाण्डु– बाढी प्रभावित रसुवा पुनः सडक सञ्जालमा जोडिएको छ । काठमाण्डु–टोखा हुँदै वैकल्पिक रुट खुलाइएको हो । काठमाण्डु–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको भौतिक पूर्वाधार मन्त्रालयले जानकारी दिएको छ । बुधबारकाे बाढीले सुवाका मात्र १३ वटा पुल पूर्ण रुपमा बगाएको छ ।