नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा

  • शुक्रबार​ १२ भौ २०८३ १२:१० PM
काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनल खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा पुगेका हुन् । तीन राउण्डको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन् । पहिलो जजले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने दोस्रो जजले कासिबको पक्षमा