चीनले भन्यो- ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्युनिकरण गर्न चुनौतीपूर्ण छ

  • शुक्रबार​ १२ भौ २०८३ ११:४८ AM
काठमाडौं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाकामा गएको विनाशकारी पहिरोपछि बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । समयसँग प्रतिस्पर्धा गर्दै चिनियाँ उद्धारकर्मीले प्रभावित क्षेत्रमा खोजी अभियान अघि बढाएका छन् । चीनको राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनका अनुसार शुक्रबार बिहान १० बजेसम्म ६ सय ८१ जना अग्नि नियन्त्रक तथा उद्धारकर्मी र