परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी समकक्षी वङबीच फाेन वार्ता

  • शुक्रबार​ १२ भौ २०८३ १०:४० AM
काठमाण्डु- परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। बुधबार भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो। वार्ताका क्रममा मन्त्री वङले विपद्का कारण भएको मानवीय क्षतिप्रति अस्ट्रेलिया सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाललाई परेको