यो ‘रुट’बाट पुनः जोडियो रसुवासँगको सडक सञ्जाल

  • शुक्रबार​ १२ भौ २०८३ १०:२५ AM
काठमाडौं । बुधबार आएको बाढीका कारण रसुवासँग सडक सञ्जाल टुटेको छ । तर वैकल्पिक मार्गबाट काठमाडौं–टोखा–छहरे हुँदै पुनः रसुवासँग सडक सञ्जाल जोडिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको हो । सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको उनले बताए