काठमाडौँ । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले प्रभावित क्षेत्रमा रहेका आफ्ना इन्टरनेट ग्राहकलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयका लागि इन्टरनेट सेवा महत्वपूर्ण हुने भएकाले प्रभावित ग्राहकलाई राहत स्वरूप निःशुल्क