काठमाडौं । भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थालेका छन् । दश कट्ठा क्षेत्रफलबाट सुरु गरेको माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो । उनी सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन् । उनले माछापालनबाट दाना, माछाका भूरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । विसं २०५२