काठमाडौं । भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड रुपैयाँ सहयोग सरकारलाई हस्तान्तरण गरेको छ । कम्पनीले शुक्रबार अर्थमन्त्रीसमक्ष उक्त रकम हस्तान्तरण गरेको हो । विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा