काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन वटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवास्थित स्याफ्रुबेंसी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको बैंकले जनाएको छ । यस्तै, त्रिशूली शाखा कार्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त भई माटोले