काठमाडौं । हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम भइरहेका बेला दुईवटा प्रसारण लाइनमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार बिहान ६ः४० बजेदेखि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन बन्द गरेर काम भइरहेको थियो। त्यस समयमा ढल्केबर हुँदै काठमाडौंसम्मको अर्को प्रसारण