बेइजिङ । चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले प्रभावितको पुनःस्थापना र राहत कार्यलाई प्रभावकारी बनाउन पनि जोड दिएका छन् । सिपिसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको शुक्रबार बसेको बैठकमा राष्ट्रपति सीले उद्धार