भक्तपुर । भक्तपुरका किसानले आज बिहानै आ–आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी भात खुवाएका छन् । जनैपूर्णिमाका दिन आज अधिकांश मानिस पूजाअर्चनाका लागि मठमन्दिरमा भिड लागिरहेका बेला यहाँका किसान भने बिहान सबेरै विभिन्न खानाका परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आ–आफ्ना खेततिर लागेको पाइयो । यहाँका किसानले ऐनाको कल्पना गरी गोलाकार बनाएर काटिएका मूलाका चानालाई सिन्काले