केरुङमा भोटेकोशी ओभरफ्लो, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ

  • शुक्रबार​ १२ भौ २०८३ ०८:२७ AM
काठमाडौं । सरकारले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको जनाएको छ । सरकारले हालसम्म तत्काल ठूलो जोखिम नरहेको बताएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चीनसँग नियमित संवाद भइरहेको जानकारी दिए । उनका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग