सरकारले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री तथा सबै मन्त्रीको एक महिनाको पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।