चीनमा ताल फुटेको सूचनापछि विदुर र बट्टारका बासिन्दाले छाडे घर

  • शुक्रबार​ १२ भौ २०८३ ०७:२२ AM
विदुर– तिब्बतस्थित ल्हेन्दे खोलाको माथिल्लो भागमा हिमपहिरोपछि बनेको कृत्रिम ताल फुटेर पानी बग्न थालेको सूचनापछि नदी तटीय क्षेत्रका बासिन्दाले घर छाडेका छन् । स्थानीय प्रशासनले सामाजिक सञ्जालमार्फत र प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन भनेपछि सर्वसाधारण घर छाडेर सुरक्षित स्थानतर्फ लागेका हुन् । नुवाकोट सदरमुकाम विदुर, बट्टार, गौरीबेसी, इनारपाटी, रातमाटेलगायत त्रिशुली नदी आसपासका बासिन्दा घर छाडेर