काठमाडौँ । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन वटा शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। बैंकका अनुसार बाढीका कारण रसुवास्थित स्याफ्रुबेशी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा कार्यालय रहेको भवन नै बाढीले बगाएको छ। त्यस्तै, त्रिशूली शाखा कार्यालय पनि पूर्णरुपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा रहेको छ। तीन वटै शाखा