रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीले नेपाल–चीन सीमापार विपद् व्यवस्थापन, तिब्बती पठारको तीव्र विकास र त्यहाँका प्राकृतिक स्रोतको रणनीतिक महत्त्वबारे नयाँ बहस जन्माएको छ। खनिज सम्पदाले भरिएको तिब्बतको सबैभन्दा ठूलो सम्पदा आखिर जमिनमुनिको खनिज हो कि हिमालयबाट बग्ने पानी? हिमालयको एउटा दुर्गम क्षेत्रमा सुरु भएको प्राकृतिक विपद् केही घण्टामै अन्तर्राष्ट्रिय चिन्ताको विषय बन्न पुग्यो। रसुवा जिल्लाको