जनैपूर्णिमामा पशुपतिनाथ क्षेत्रमा जनै फेर्नेदेखि रक्षाबन्धन बाँध्नेको चहलपहल (तस्बिरहरू)

  • शुक्रबार​ १२ भौ २०८३ ०७:४५ AM
जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। श्रद्धालुहरू पशुपतिनाथको दर्शन, पूजा–आराधना तथा रक्षासूत्र बाँध्न मन्दिर पुगेका छन्। जनै फेर्ने, रक्षाबन्धन बाँध्ने तथा धार्मिक विधिअनुसार पूजाआजा गर्ने भक्तजनका कारण पशुपति क्षेत्र धार्मिक र सांस्कृतिक गतिविधिले भरिएको छ।