बाढीपीडितलाई शान्ता रानी परियारको ५० हजार १५१ सहयोग, तीन साङ्गीतिक कार्यक्रम रद्द

  • शुक्रबार​ १२ भौ २०८३ १२:०२ PM
काठमाडौँ । गायिका शान्ता रानी परियारले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि ५० हजार १५१ रुपैयाँ सहयोग गरेकी छन् । देश विपद्मा रहेका बेला आफ्नो क्षमताअनुसार सहयोग गरेको बताउँदै उनले हजारौँ नागरिकले आफ्नो ठाउँबाट गर्ने सानो-सानो सहयोग वास्तविक पीडितसम्म पुग्ने विश्वास व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत गायिका परियारले बाढीपीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीको दुःखमा सकेको आफूले ५० हजार १५१ रकम सहयोग गरेको बताएकी छन् । उनले आफूजस्तै हजारौँ नागरिकले गरेको सहयोग सम्बन्धित निकायमार्फत वास्तविक पीडितसम्म पुग्ने विश्वाससमेत व्यक्त गरेकी छन् । विपद्को अवस्थालाई मध्यनजर गर्दै उनले आफ्ना भदौ १२ गते बाजुरामा, भदौ १३ गते नेपालगन्जमा र भदौ १५ गते स्याङ्जामा हुने कार्यक्रमसमेत रद्द गरेकी छन् । देश शोकमा रहेका बेला गीत गाएर रमाइलो गर्ने मन नलागेको भन्दै उनले अहिले आफ्नो ध्यान गीत–सङ्गीतभन्दा पनि देश र देशवासीको पीडातर्फ रहेको बताएकी छन् । ‘देश रोइरहेको बेला, आफ्नै दाजुभाइ-दिदीबहिनी पीडामा छटपटाइरहेको बेला कहाँ गीत गाएर रमाइलो गर्न मन लाग्दो रहेछ र