आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव फेला

  • शुक्रबार​ १२ भौ २०८३ ०६:५७ AM
तनहुँ : तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार नौ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार गर्ने क्रममा उक्त शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका २३ वटा शव गण्डकी अस्पताल र पाँच वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । फेला परेका शवको पहिचानका लागि आवश्यक कानुनी तथा प्रक्रियागत काम अघि बढाइएको उनले बताए । The post आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव फेला appeared first on Kalika Khabar.