अष्ट्रेलियाद्वारा बाढी प्रभावितका लागि ५० लाख डलर सहायता घोषणा

  • शुक्रबार​ १२ भौ २०८३ ०६:२१ AM
काठमाण्डु– अष्ट्रेलियाले भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले शुक्रबार सार्वजनिक गरेको घोषणाअनुसार उक्त रकम राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत परिचालन हुनेछ । बाढीपछि नेपालमा रहेका आफ्ना नागरिकको खोजी तथा अवस्थाबारे जानकारी लिन पनि अष्ट्रेलियाले छुट्टै संयन्त्र परिचालन गरेको छ