बाढीका कारण फसेका जलविद्युत् आयोजनाका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता

  • शुक्रबार​ १२ भौ २०८३ ०६:५६ AM
काठमाण्डु –नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाण्डुबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ। सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै हेलिकप्टर घटनास्थलतर्फ पठाइएको हो। विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा