काठमाडौँ । भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएको थियो । केन्द्रका अनुसार तीमध्ये २९ जनाको काठमाडौँको विभिन्न अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएर