काठमाण्डु – भोटेकोशी नदीका आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी र १५ हेलिकप्टर परिचालन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले शुक्रबार बिहान दिएको जानकारी अनुसार बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तर्राष्ट्रिय सहायता तथा सूचना व्यवस्थापनका