काठमाण्डु – नुवकोटमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ । रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान आग्रह गर्दै माइकिङ गरेको हो । ‘फेरि बाढी आएको सूचना आएको छ । नदीनजिक नजानुहोला, अग्लो सुरक्षित स्थानतर्फ बस्नुहोला,’ माइकिङ गर्दै प्रहरीले नुवाकोटको विदुरमा भनेको छ ।