भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याएको थियो । केन्द्रका अनुसार तीमध्ये २९ जनाको काठमाडौंको विभिन्न अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएर फर्किएका छन्