भोटेकोशी बाढी पीडितलाई सुदूरपश्चिम सरकारले दुई करोड रुपैयाँ सहयोग गर्ने 

  • शुक्रबार​ १२ भौ २०८३ १०:४६ AM
काठमाडौँ। भोटेकोशी बाढी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ।  शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि प्रदेश सरकारका तर्फबाट २ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका मन्त्री प्रकाश रावलले जानकारी दिए।  त्यस्तै, बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीहरूको औषधि उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय गरिएको छ। बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट तथा सदस्यहरूमा क्रमशः गंगा दत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।