बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

  • शुक्रबार​ १२ भौ २०८३ ०५:०४ AM
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आग्रह गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक विपद्का कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा आमनागरिकलाई आग्रह