काठमाण्डु – एमालेका महासचिव शंकर पोखरेलले बाढीग्रस्त क्षेत्रमा सरकारी निकायबीच समन्वयको अभाव देखिएको दाबी गरेका छन् । बिहीबार विपदग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा त्यस क्षेत्रमा तत्काल थप वैकल्पिक योजना आवश्यक रहेको सुझाएका छन् । ‘सरकारले उद्धारको काम गरिरहेको छ । नुवाकोटलाई बेसक्याम्प बनाएर सेनाको नेतृत्वमा हवाई उद्धारको काम भइरहेको