काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज जनैपूर्णिमा (ऋषि तर्पणी) तथा रक्षाबन्धन पर्व श्रद्धापूर्वक मनाउँदैछन् । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमामा बिहानैदेखि नदी, ताल, तलैया तथा विभिन्न पवित्र कुण्डमा स्नान गर्ने चलन छ । स्नानपछि गुरु–पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गरिन्छ । तागाधारी समुदायले आज पुरानो जनै फेरेर विधिपूर्वक मन्त्रिएको नयाँ जनै धारण गर्ने