काठमाण्डु – त्रिशूली नदीमा पुनः बाढी आउन सक्ने सूचना चीनबाट प्राप्त भएपछि धादिङमा उच्च सतर्कता अपनाइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षतामा बिहीबार राति आपत्कालीन सुरक्षा बैठक बसेर बाढीको जोखिम र सम्भावित क्षतिबारे छलफल गरिएको छ । बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले त्रिशूली नदीको तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च